Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

बुक विल्डिङ्ग विधिबाट निष्कासन हुने आईपिओको मूल्य निर्धारण गर्न ४६ कम्पनीलाई स्वीकृति (सूचिसहित)

बुक विल्डिङ्ग विधिबाट निष्कासन हुने आईपिओको मूल्य निर्धारण गर्न ४६ कम्पनीलाई स्वीकृति (सूचिसहित)

काठमाडौं, २३ पुस । बुक विल्डिङ्ग विधिमार्फत् निष्कासित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न ४६ कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डमा उक्त कार्यका लागि ६२ कम्पनीले निवेदन दिएकामा ४६ कम्पनीले स्वीकृति पाएका हुन् । स्वीकृति पाउनेमा बैंक, विकास बैंक, मर्चेन्ट बैंक, इन्स्योरेन्स लगायत रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न आवेदन माग गरेको थियो । आवेदन दिने तोकिएको म्याद सकिएको भएपनि निवेदन बुझ्ने प्रक्रिया निरन्तर चलिरहेको बोर्डले जनाएको छ ।

बोर्डबाट स्वीकृति पाएपछि अब उनीहरुले बुक विल्डिङ्ग विधिमार्फत निष्काशित हुने आईपिओमा सहभागिता जनाउन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *