Date

शनि, मंसिर १६, २०८०
Sat, December 2, 2023

आयकर विवरण बुझाउने म्याद थप गर्न परिसंघको आग्रह

आयकर विवरण बुझाउने म्याद थप गर्न परिसंघको आग्रह

काठमाडौं, २५ पुस । नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थपगर्न माग गरेको छ । परिसंघका अध्यक्ष सतीशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गरी म्याद थपको माग गरेका हुन् ।
विगत वर्षहरुमा उद्योगी व्यवसायीले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समय सिमाभित्र नै गरिरहेको भन्दै उनले आर्थिक वर्ष २०७५–२०७७ देखि नै कोभिडको कारण उद्योग व्यवसायहरु प्रभावित भएकोले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताए । कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको परिप्रेक्ष्यमा कतिपय उद्योगी व्यवसायीहरुले लेखा परीक्षण कार्यसमेत संपन्न गरिनसकेको अवस्थालाई मध्यनजगर गरी आगाी चैत्र मसान्तसम्म म्याद थप गरे उद्योगी व्यसायीलाई सहज हुने धारणा उनले राखे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x