Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइतबार सुनको मूल्य प्रतितोला २३०० घट्यो

आइतबार सुनको मूल्य प्रतितोला २३०० घट्यो

काठमाडौं, २६ पुस । स्थानीय बजारमा आइतबार सुनको मूल्य ह्वातै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको हो । गत कारोबार दिन शुक्रबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावि सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिद विक्री भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घटेको छ । गत कारोबार दिन प्रतितोला १ हजार ३३० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य गत साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भई हालसम्मकै उच्च विन्दुम पुगेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x