Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

कोभिड प्रभावित करिब २ लाख नेपालीको उद्धार

कोभिड प्रभावित करिब २ लाख नेपालीको उद्धार

काठमाडौं, २६ पुस । कोभिड–१९ को संक्रमण शुरू भएयता हालसम्म विदेशमा अप्ठ्यारोमा परेका करिब २ लाख नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड–१९ को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको बताइएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सक्रिय रूपमा लागेको राससमा उल्लेख छ ।
यस्तै विदेशका विभिन्न देशमा ९ हजार ६५० भन्दाबढी श्रमिकलाई सेल्टरमै राखेर कानूनी सहायता, परामर्श, पिसिआर टेष्ट, तालीम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले बताएको छ ।

संघले साउदी, मलेसिया, कतार, (युएई), बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । विभिन्न दातृ संस्थाद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको संघले जानकारी दिएको छ ।

हालसम्म गैरआवासीय नेपाली सङ्घले ८६२ जनालाई काठमाडौँबाट गन्तव्यसम्म पुग्न निःशुल्क बस भाडास्वरुप आर्थिक सहयोगसमेत गरेको छ । संघले देशका सातै प्रदेशमा रू. १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *