Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

नेपाल स्वयंसेवी रक्तदाता समाजको वनभोजसँगै रक्तदान कार्यक्रम

नेपाल स्वयंसेवी रक्तदाता समाजको वनभोजसँगै रक्तदान कार्यक्रम

काठमाडौं, २६ पुस । नेपाल स्वयंसेवी रक्तदाता समाजले वनभोजसँगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले शनिबार चोभारको मञ्जुश्री डाँडामा एक बनभोज कार्यक्रमसँगै रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । उक्त कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिकाका वडा नं. १९, २०, २३ र २४ नगर समितिद्वारा संयुक्तरूपमा आयोजना गरिएको हो । कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले मनोरञ्जनसँगै सेवामुलक काम गर्दा समाजमा सकारात्मक सन्देश जाने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार र कीर्तिपुर महानगरीय प्रहरी वृत प्रमुख रुकेश तण्डुकारका साथै बागमति प्रदेश सभासद् राजेश शाक्यलाई बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

कुनैपनि मादक पदार्थ मध्यपान बिहीन उक्त वन(भोज कार्यक्रम गरेर मानव सेव गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुनै कार्यक्रमको मूल उद्देश्य रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज १९ वडा नगर समितिका अध्यक्ष बिनोद खड्गीको भनाई थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरका अध्यक्ष बिजय कुमार महर्जनले प्रमुख कर्माचार्यलाई ७५ हजार रुपैयाँसम्मको जीवन बिमाको घोषणा र संस्थाको कोषमा ३ हजार ५०० रुपैयाँ जम्मा गर्ने घोषण गरे । तर, प्रमुख अतिथि कर्माचार्यले भने आफूलाई घोषण गरिएको उक्त रकमको जीवन बीमालाई त्यस नगर समिति अन्तर्गत आवश्यक्ता र योग्य समाजसेवीप्रति समर्पित व्यक्तिलाई प्रदान गरिदिन आग्रह गरे ।

रक्तदान कार्यक्रममा स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि कर्माचार्यले प्रमाण–पत्र प्रदान गरेका थिए भने उपस्थित जनाउँनुहुने अतिथिहरुलाई मायाको चिनो बितरण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *