आर्थिक वृद्धिदर लक्ष्य पुनरावलोकन, बजेटको ८४.६७ प्रतिशतमात्र खर्च हुने

काठमाडौं, २३ फागुन । अर्थमन्त्रालयले बुधबार बजेटको मध्यावधि समीक्षा गर्दै बजेट खर्च अनुमान पुनरावलोकन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्रालयले चालु वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ । सरकारले चालु वर्षमा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैँयाको बजेट प्रस्तुत गरेको थियो तर ६ महिनाको बजेट कार्यान्वयनका आधारमा अर्थले चालु वर्षमा १० खर्ब ८२ अर्ब ९९ करोड खर्च हुने अनुमान गरेको छ । यो खर्च आर्थिक वर्षको सुरुवातमा गरिएको व्यय अनुमानको ८४.६७ प्रतिशत हो । अर्थमन्त्रालयले बजेटमार्फत् ७ .२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि धानको उत्पादनमा आएको कमी, निर्वाचनका कारण विकास खर्चमा शिथिलता तथा बाढीको क्षतिका कारण आर्थिक वृद्धिदर केही खुम्चिने अनुमान गरिएको हो ।
मध्यावधि समीक्षाका क्रममा गरिएको पुनरावलोकन अनुसार कुल खर्चमध्ये चालुतर्फ ७३८ अर्ब, पुँजीगत खर्चतर्फ २३४ अर्ब तथा वित्तिय व्यवस्थातर्फ १०९ अर्ब ४२ करोड रुपैँया खर्च हुने अनुमान गरिएको छ, जुन बजेटको क्रमशः ९१.९६ प्रतिशत ७० प्रतिशत र ७८ प्रतिशत हो ।
बजेट समीक्षाका क्रममा अर्थमन्त्रालयले खर्च प्रणालीमा अनुशासन, मितव्ययीता तथा कार्यकुशलता अभिवृद्धि गर्ने बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *