गरिमा बैंकको “गरिमा सुनौलो भविष्य बालनिक्षेप योजना”

काठमाडौं, २७ पुस । गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना”बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागि प्रभावकारी रहेको जनाइएको छ । यस योजना अन्तर्गत न्युनतम ५ सय मा खाता खोलेर निक्षेप योजना भरी मुद्घतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिने छ ।
यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाताखोल्न सकिने बैंकले जनाएको छ । ‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिन ाबचतको केहि भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिनेछ ।
यस्तै प्रत्येक ३ महिनामा खातामा ब्याज पाउने र त्यो ब्याजले पनि ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक भएको बैंकको दाबी छ ।