चार दिनमा सुनको मूल्य ४५ सय घट्यो

काठमाडौं, २७ पुस । सोमबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार भने घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार पछिल्लो पाँच दिनमा सुनको भाउ ४५ सय रुपैयाँले घटेको छ । गएको बुधबार सुन तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी सोमबार भने १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *