Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

हिमालयन बैंकको २० प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभाबाट पारित

हिमालयन बैंकको २० प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभाबाट पारित

काठमाडौं, २७ पुस । हिमालयन बैंकले अधिकृत पुँजी १२ अर्बबाट बृद्धि गरि १५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । बैंकको आज सम्पन्न २८ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

यस्तै उक्त साधारण सभाले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पनि स्विकृत गरेको छ । नगद लाभांशका लागि बैंकले ५६ करोड २३ लाख ३६ हजार आठ सय ८५ रुपैयाँ खर्चने छ । १ अर्ब ३१ करोड २१ लख १९ हजार चार सय रुपैयाँको बोनस शेयर जारी गर्ने छ ।

बैंकको यो लाभांश रकम गत वर्षको भन्दा २ प्रतिशतले कम हो ।

हिमालयन बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ।

हाल बैंकले देशभर ६८ शाखा र १ सय ३८ वटा एटिएम मार्फत वित्तीय सेवा दिदै आउको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x