पुनर्कर्जाका लागि लघुवित्तसँग आवेदन माग
काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुसँग पुनर्कर्जाका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गरि पुनर्कर्जा कार्यविधि, २०७७ अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुसँग पुनर्कर्जाका लागि आवेदन माग गरेको हो ।
पुनर्कर्जाका लागि लघुवित्त कम्पनीहरुले आगामी माघ १२ गतेसम्म आवेदन दिनुपर्ने छ ।
लघुवित्तले आफनो पुँजीकोषको ६५ प्रतिशत सम्म रकमका लागि पुनर्कर्जा आवेदन दिन पाउने जनाइएको छ। चुक्ता पुँजी र पुँजी कोष अनुपात कायम गरेका लघुवित्तहरुले मात्र पुनर्कर्जामा आवेदन दिन पाउनेछन् ।