Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आयल निगमले लाभांश र बोनस वितरण गर्दै

आयल निगमले लाभांश र बोनस वितरण गर्दै

काठमाडौं, २७ पुस । नेपाल आयल निगमले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभाशं दिने भएको छ । शेयर पुँजी ११ अर्ब रुपैयाँको २० प्रतिशतले लाभांश वितरणको प्रस्ताव भोली हुने निगमको ३८ औं साधारण सभामा पेश गरिने प्रवक्ता बिनित कुमार उपाध्यायले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेशनल ट्रेडिङ, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक निगमका शेयरधनी रहेका छन् ।

निगमले गत आर्थिक वर्ष २०७६÷७७ मा १२ अर्ब ८७ करोड नाफा गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यको उत्तार चढावसँगै स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले नाफा कमाउन थालेको हो ।

निगमले हिजै मात्र ५१ औं वार्षिकोत्सव मनाएको हो ।

कर्मचारीलाई बोनस

निगमले नाफाको १ प्रतिशत रकम कर्मचारीलाई बोनस वितरण गर्ने भएको छ । बोनसका लागि गत आर्थिक वर्षको नाफाबाट करिब १७ करोड ४० लाख रुपैयाँ छुट्याइएको बताइएको छ। विगत पाँच वर्षदेखि निगमले कर्मचारीलाई बोनस वितरण नगरेको तर यो पटक कोरोना संकटकाबीच पनि कर्मचारीहरुले गरेको काम उल्लेख्नीय रहेकाले बोनस दिन लागिएको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x