Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मल ल्याउन किन असफल भए नेपाली कम्पनी ?

मल ल्याउन किन असफल भए नेपाली कम्पनी ?

काठमाडौं, २९ पुस । मल खरीदमा असफल भएपछि शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । रासायनिक मल खरीदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारबाही गरिएको हो ।
कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमवार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिश गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीको भनाइ छ । यी कम्पनी सम्झौता अवधि सकिँदासम्म मल खरीदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि अयोग्य सावित भएका हुन् ।
कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरीद गर्न गत साउन १८ गते दुवै ठेक्कामा सम्झौता गरेको थियो । नियमानुसार सम्झौता गरेको १०७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरीद गरिसक्नुपर्नेमा असफल भयो ।
सरकारले पहुँचका आधारमा क्षमताहीन कम्पनीलाई आपूर्तिको ठेक्का दिएकाले खरिद गर्न नसकेको विज्ञहरू बताउँछन् । नेपाली कम्पनीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तथा क्षमताको विकास भइनसकेकाले यसमा असफल भएको उनीहरूको ठम्याइ छ ।
यस्तै पहिलोपटक ठेक्का पाएका यी दुवै कम्पनीलाई यसअघि मल किनेको तथा आयातको अनुभव नभएकाले मल आयात गर्न नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकै प्रवक्ता डा. श्रीराम घिमिरेको भनाइ छ ।
कम्पनीहरूहरूको क्षमता नपुग्दा अन्तर्राष्ट्रिय बजारमा पुग्नै नसकेको उनको बुझाइ छ । दुवै कम्पनीलाई मल आयातको अनुभव नभएको थाहा हुँदाहुँदै पनि सार्वजनिक खरीद ऐन र नियमावली अन्तर्गत रहेर निकालिएको ४६ दिने ग्लोबल टेन्डरमा सबैभन्दा कम रकम बोलकबोल गरेकाले ठेक्का दिइएको मन्त्रालयले बताएको छ । तर अन्य योग्यता र पहुँच नहुँदा कम्पनीहरू मल ल्याउन असफल भएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x