Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

उत्पादनमूलक उद्योग करिब ५० प्रतिशत मात्र पूर्णरूपमा सञ्चालन

उत्पादनमूलक उद्योग करिब ५० प्रतिशत मात्र पूर्णरूपमा सञ्चालन

काठमाडौं, २९ पुस । कोभिड महामारी नियन्त्रणका लागि लामो समय गरिएको बन्दाबन्दी तथा निषेधाज्ञापछि उद्योगधन्दा सञ्चालनमा सुधार हुँदै आए पनि उत्पादनमूलक आधाभन्दा बढी उद्योग अझै पूर्णरूपमा सञ्चालन हुन नसकेको पाइएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनले यस्तो देखाएको हो ।
राष्ट्र बैंकले २०७७ कात्तिक १३ गतेदेखि २०७७ मंसिर २४ गतेसम्म ५२ जिल्लाका ६७४ उद्योग व्यवसायीको सर्वेक्षण गरेको थियो । सोही अध्ययनको आधारमा मंगलवार सार्वजनिक गरिएको प्रतिवेदनले मंसिरसम्ममा उत्पादनमूलक उद्योगहरू ४९ दशमलव शून्य ४ पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको हो । यसैगरी ४२ दशमलव ३१ आंशिक सञ्चालनमा रहेका छन् भने ८ दशमलव ६५ प्रतिशत उद्योग सुचारु हुनै सकेका छैनन् ।
प्रतिवेदनका अनुसार सो अवधिमा विद्युत्, ग्यास तथा पानी उद्योग भने सबैभन्दा बढी सञ्चालनमा आएका छन् । ६६.६७ प्रतिशत यस्ता उद्योग पूर्णरूपमा सञ्चालित छन् । यस्तै ६४.९७ प्रतिशत थोक तथा खुद्रा व्यापार, ६३.६४ प्रतिशत कृषि वन तथा मत्स्यपालन, २९.७० प्रतिशत होटेल तथा रेस्टुराँ, ४४.४४ प्रतिशत निर्माण उद्योग, ५० प्रतिशत यातायात तथा भण्डारण, ३६ प्रतिशत सञ्चार, ३७.५० प्रतिशत रियल इस्टेट, पूर्णरूपमा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी ११.३६ प्रतिशत शिक्षा क्षेत्र, ५८.३३ प्रतिशत स्वास्थ्य तथा सामाजिक कार्य पूर्णरूपमा सञ्चालित छन् । अरू क्षेत्रहरू भने ४९.३० प्रतिशत मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x