धितोपत्र बोर्डको कार्यालय खुमलटार सर्यो
काठमाडौं, २९ पुस । नेपाल धितोपत्र बोर्डको कार्यालय ललितपुर महानगरपालिका वडा नम्बर–१५ खुमलटारमा सरेको छ । ललितपुर महानगरपालिका वडा नं–५ जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिसरमा रहेको कार्यालय खुमलटार स्थित श्री एक्जोटिक ओरिएन्टल क्राफ्टस प्रालिको भवनमा सारिएको हो ।
माघ १ गतेदेखि बोर्डको सम्पूर्ण काम कारबाही खुमलटार स्थित कार्यालयबाटै हुने बोर्डले जनाएको छ।