Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाल ट्रष्टको जग्गामा कानुन बमोजिम नै भवन निर्माण गरेको यती समूहको दाबी

नेपाल ट्रष्टको जग्गामा कानुन बमोजिम नै भवन निर्माण गरेको यती समूहको दाबी

काठमाडौं, २९ पुस । यती समूहले दरबारमार्गस्थित निर्माण गरेको भवन नेपाल ट्रष्ट र काठमाडौं महानगरपालिकाकै आदेशमा बनाएको जनाएको छ। केही सञ्चारमाध्यममा त्यस सम्बन्धमा भ्रामक तथा कपोकल्पित समाचार सम्प्रेषण गरेको भन्दै यती समूहले खण्डन गरेको छ।

नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटन अर्थतन्त्रका असीमित सम्‍भावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन करिब ४ दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको यती समूहले मंगलबार विज्ञप्ती जारी गर्दै भवन निर्माण कानुनी आधारबाटै भएको कम्पनीले स्पष्ट पारेको छ । ‘विगत केही समययता नियमित रूपमा यती समूहविरुद्ध भइरहेका कपोकल्पित र नियोजित प्रचारवाजीलाई सँच्चा देशभक्त, राष्ट्रवादी आदिवासी–जनजाति शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने समूहले गरेको सफलता र प्रगतिप्रतिको इर्श्याको रूपमा लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी कानुनको जगमा उभिएर निरन्तर आफनो सेवामूलक पेसाप्रति अझ धेरै प्रतिबद्ध रहिरहने प्रतिबद्धता जनाउन चाहन्छौं।’

दरबार मार्गको भवनमा सम्झौताभन्दा बढी तला थपेर भाडा लगाएको भन्ने समाचारमा कुनै सत्यता नभएको यती समूहले स्पष्ट पारेको छ। यती समूहले भवन निर्माण सम्बन्धित सबै सरकारी निकाय र कानुनबमोजिम गरिएको बताएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x