Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आरम्भ माईक्रोफाइनान्सको सेयर बाँडफाँड

आरम्भ माईक्रोफाइनान्सको सेयर बाँडफाँड

काठमाडौं, २४ फागुन । आरम्भ माइक्रोफाइनान्सको सेयर बुधबार बाँडफाँड गरिएको छ । सी–आस्वा प्रणालीबाट सेयर भर्ने व्यवस्था मिलाइएपछि सेयर बिक्री बन्द भएको ३७ घन्टाभित्रै बाँडफाँट गरिएको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा बुद्यबार एक कार्यक्रमको आयोजना गरि सेयर बाँडफाँट गरिएको हो । आरम्भमा कुल १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये १ लाख ८५ हजार ६५३ आवेदक वैध भएको छ । बाँकीको आवेदन भने रद्द गरिएको छ ।

कुल २७ हजार ४८ जना आवेदकले सेयर पाएका छन् । यसमा ४३.८३ प्रतिशत बढी आवेदन परेको छ । आरम्भले फागुन १५ गतेदेखि २० गतेसम्म १०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता ९३५० सेयर कर्मचारी र १४ हजार ७०० कित्ता ९५५० म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x