Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पाँच महिनामा ४ खर्ब ७५ अर्ब ४४ करोड व्यापार घाटा

पाँच महिनामा ४ खर्ब ७५ अर्ब ४४ करोड व्यापार घाटा

काठमाडौं, २९ पुस । चालू आर्थिक वर्ष २०७७÷०७८ को पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको थियो । शोधनान्तर मुलुक भित्रिने र बाहिरने रकमको अन्तर हो ।

चालू खाता घाटामा

पाँच महिनामा चालु खाता भने २१ अर्ब ३२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैयाँ घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।

वैदेशिक व्यापार

यस्तै आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो । यस्तै यो अवधीमा कुल वस्तु आयात भने ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो ।

पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले घटेर ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x