Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से २८औं वर्षमा प्रवेश, कोरोना प्रकोपले प्रविधिमा फड्को

नेप्से २८औं वर्षमा प्रवेश, कोरोना प्रकोपले प्रविधिमा फड्को

काठमाडौं, २९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २८औं वार्षिकोत्सव मनाएको छ । नेप्सेले केन्द्रीय कार्यालयमा बुधबार एक कार्यक्रम आयोजना गरी उक्त वार्षिकोत्सव सम्पन्न गरेको हो । वार्षिकोत्सव कार्यक्रममा उपस्थित सम्पूर्ण वक्ताहरुले कोरोना महामारीकाबीच कम्पनीले प्रविधिमा उलेख्य सुधार गरेको बताए ।

अर्थमन्त्रालयका आर्थिक सल्लाहाकार डा. प्रकाश श्रेष्ठले पूँजी परिचालनका लागि पूँजीबजार महत्त्वपूर्ण भएकाले यसतर्फ कम्पनीले विशेष ध्यान दिएको बताए । उनले उत्पादनमूलक कम्पनी सूचिकरण गरेर छरिएर रहेको पूँजीलाई एकिकृत गर्न आवश्यक रहेको बताए । कोरोन महामारीको समयमा अर्थतन्त्रको स्थिति सुस्त भएको अवस्थामा पूँजीबजारले छलाङ मारेको उनको भानाइ छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अनलाइनबाट शेयर कारोबार गर्दा दैनिक कारोबार रकममा वृद्धि हुँदै गएको बताए । अझैपनि बजारलाई व्यवस्थित गर्न केही सुधार गर्न आवश्यक भए सुधार गर्दै जाने पनि उनले बताए । अध्यक्ष ढुङ्गानाले कोभिडको सबैभन्दा ठूलो उपलब्धी अनलाइन कारोबारलाई लिएका छन् । ढुङ्गानाका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या २० लाख पुगेको छ ।

त्यस्तै नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले बजार बिस्तारसँगै चुनौति थपिईको बताए । बजार विस्तारको स्पिटसँगै क्षमता विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाई छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पछिल्लो समय नेप्सेले प्रविधिमा फड्को मारेको बताए । यसरी प्रविधिमा विकास भएको भएपनि अझै लगानीकर्ता असन्तुष्टि रहेकोमा उनको गुनासो छ । लगानीकर्ताहरु शेयर किनबेच गर्ने बित्तिकै पैसा भुक्तानी होस भन्ने अपेक्षा गर्ने गरेको भएपनि धेरै संघ संस्थाले काम गर्नुपर्ने भएकाले लगानीकर्तालाई असहज जस्तो लाग्नु सोभाविक भएको साउद बताउँछन् । उनका अनुसार हाल पूँजीबजार प्रविधिमैत्री भएको छ ।

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बजारमा गुणात्मक वृद्धि भएको बताए । यो ९ महिनाको अन्तरालमा ५/१० वर्षमा हुन नसक्ने विकास भएको बताए । कोभिडले बजारलाई प्रविधिसँग जोड्न सहयोग गरेको बताए । त्यस्तै अध्यक्ष मैनालीले शेयर खरिद बिक्रीको रकम प्राप्त गर्न ग्यरेन्टी नियम आवश्यक रहेको बताए ।

नेप्सेले ५० प्रतिशत लाभांश पारित
नेप्सेको आज सम्पन्न ३९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्दै २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल नेप्सेको ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । त्यस्तै आजको सभाले नेप्सको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x