Date

मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025

बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने

बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने

काठमाडौं, १ माघ । बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले मुलुकको १३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने देखिएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा चालू आर्थिक वर्षको मंसिर मसान्तमा ५.९ प्रतिशतले वृद्धि भई रू. १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ । २०७७ असार मसान्तमा यो रू. १२ खर्ब २६ अर्ब १२ करोड थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको पहिलो पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, १०८.७ प्रतिशत र ३२.४ प्रतिशत रहेका छन् ।

चालू आर्थिक वर्षमा पहिलो ५ महिनामा कुल विदेशी विनिमय सञ्चिति भने ५.२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असार मसान्तमा रू. १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको २०७७ मंसिर मसान्तमा रू. १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *