Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पाम आयलमा भारतीय प्रतिबन्धले स्वदेश तेल उद्योग धराशयी

पाम आयलमा भारतीय प्रतिबन्धले स्वदेश तेल उद्योग धराशयी

वीरगञ्ज, ३ माघ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा–बारा औद्योगिक करिडोरमा रहेका ९० प्रतिशत तेल उद्योग धराशयी हँुदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीको ठूलो लगानी जोखिममा परेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ ।

पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो । ‘पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको छ,’ नेपाल चामल, दाल, तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

वीरगञ्ज भन्सार नाका हँुदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ रू. १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै रू. ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x