Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

उद्योग क्षेत्रमा ७२ अर्ब ६२ करोडको लगानी प्रतिबद्धता

उद्योग क्षेत्रमा ७२ अर्ब ६२ करोडको लगानी प्रतिबद्धता

काठमाडौं, ४ माघ । चालू आवको पहिलो ६ महिनामा नेपालको उद्योग क्षेत्रमा ७२ अर्ब ६२ करोडभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार पुस मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले कुल ७२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका हुन् ।

विभागको उक्त तथ्यांकले सो अवधिमा गत आर्थिक वर्षको तुलनामा लगानी प्रतिबद्धता घटेको देखाएको छ । गत आवको पहिलो ६ महिनामा कुल ९१ अर्ब ३० करोड ८७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । तथ्यांकले गत आवको तुलनामा चालू आवको सो अवधिमा उद्योग क्षेत्रमा आएको लगानी प्रतिबद्धता २० प्रतिशत अर्थात् १८ अर्ब ६८ करोड ६१ लाखले कमी आएको छ ।

सो अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामा आएको छ । यस क्षेत्रमा १३ वटा उद्योग स्थापनाका लागि ५३ अर्ब ६३ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो । यस्तै खनिजमा एउटा उद्योग स्थापनाका लागि सबैभन्दा कम १२ करोड ३४ लाख बराबरको लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

प्रतिबद्धता गरिएको कुल लगानीबाट १०३ वटा उद्योग स्थापना हुने र ६ हजार २८८ जनाले रोजगारी पाउने विभागलाई जानकारी गराइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x