Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

माछापुच्छ्रे बैंक र एडीबीले टीएसिफपी कार्यक्रममा सहकर्या गर्ने

माछापुच्छ्रे बैंक र एडीबीले टीएसिफपी कार्यक्रममा सहकर्या गर्ने

काठमाडौं, ४ माघ । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एडीबीका सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभन विक तथा माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २ सय भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x