Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हिमाल आरोहणमा १० नेपाली युवाले रचे इतिहास

हिमाल आरोहणमा १० नेपाली युवाले रचे इतिहास

काठमाडौं, ४ माघ । नेपालका १० जना पर्वतारोहीहरुको टोलीले शनिबार पाकिस्तानस्थित केटु हिमालको सफल आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँदयाममा कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।

आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन । तर नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा डेभिड शेर्पा, दावा तेन्जिङ शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, र सोना शेर्पाले शनिबार साँझ ५ः४५ बजे आरोहण गरेका हुन । यो हिमालको उचाई ८ हजार ६ सय ११ मिटर रहेको छ ।

१०आरोहीमध्ये मिङ्मा जी शेर्पाले बिनाअक्सिजन नै आरोहण गरेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x