सिंगटी हाइड्रो इनर्जीको आईपीओ स्थानीयका लागि आजबाट खुला
काठमाडौं, ४ माघ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आइतबार (आज)बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना निमार्णणको क्रममा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । सार्वजनिक निष्कासन गर्नका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आईएस) प्रदान गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि २९ करोडबराबरको २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ ।