Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनआईसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

एनआईसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ४ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । लघुवित्तले रजिष्टर्ड कार्यालय जाजरकोटमा तेश्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आसार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु पारित भएको छ ।


यसका साथै एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत सभाले पारित गरेको छ । त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समय अनुकुल संशोधन गर्ने प्रस्तावहरु सर्वसम्मत रुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधीत्व गर्ने २ जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध संचालकमा नियुक्त भएका छन् । हाल यो लघुवित्तले १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x