Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

इसेवा मनि ट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियबाट सहजै रेमिट्यान्स पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियबाट  सहजै रेमिट्यान्स पठाउन सकिने

काठमाडौं, ५ माघ । इसेवा मनि ट्रान्सफर र अष्टे«लियाको लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यससँगै अष्टे«लियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज हुने भएको छ । रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइराला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।

अष्ट्रेलियबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्सफरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिने बताइएको छ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू. ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।

इसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x