उद्यमीका लागि एनसेलले ल्यायो ‘बिजप्लस’ योजना
काठमाडौं, ५ माघ । एनसेल आजियाटा लिमिटेडले साना तथा ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ योजना सञ्चालनमा ल्याएको छ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुले उनीहरुकै लागि विशेष रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग–धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतीको सामना गर्नु परिहेको छ । यसै अवस्थाबीच एनसेलले हाल सञ्चालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको जनाइएको छ । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गरेको जनाएको छ ।
साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि करबाहेक १ सय ४९ रुपैयाँबाट सुरु हुने बिजप्लस प्लान लिन सक्ने छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक २ सय ९९ रुपैयाँबाट सुरु हुने प्लानहरु सुरु गर्न सक्छन् ।