Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से परिसूचक नयाँ उचाईमा , हाइड्रोपावर बाहेक सबै समूहमा उछाल

नेप्से परिसूचक नयाँ उचाईमा  , हाइड्रोपावर बाहेक सबै समूहमा उछाल

काठमाडौं, ५ माघ । नेप्से परिसूचकले कीर्तिमानी उचाइ कायम गरेको छ । साताको दोस्रो दिन सोमबार १७.३१ अंकले बढेर नेप्से २३३२.३२ बिन्दूमा पुगेको हो ।

कारोबारमा आएका १२ समूह मध्ये हाइड्रोपावर बाहेक अरु सबै समूहको उपसूचकमा भएको बृद्धिले नेप्सेलाई उच्चतम् बिन्दूमा पुर्‍याउन बल पुगेको हो ।

१२ समूह मध्ये हाइड्रोपावर ११.५१ अंकले घटेको छ । जीवन बीमा, निर्जीवन बीमा र ट्रेडिङ समूहको परिसूचक सबैभन्दा धेरै बढेको छ । जीवन बीमा १९९.४७, निर्जीवन बीमा १२६.१३ र ट्रेडिङ १८१.०४ अंकले बढेको छ ।

यस्तै २ सय ७ कम्पनीको ६ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । १ करोड ५४ लाख ९६ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । आइतबार भने ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

कारोबार रकममा प्रभु बैंकले अग्रता लिएको छ । बैंकको ३३ करोड ४६ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यो दिन १८ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x