नेपालमा बार्षिक ४५ अर्ब भन्दा बढीको विद्युतीय सामाग्री आयात
युवराज पन्त
काठमाडौं, २४ फागुन । व्यवसायीहरुका अनुसार नेपालमा वार्षिक ४५ अर्व भन्दा बढीका इलेक्ट्रिकल (विद्युतीय) सामाग्री आयात हुने गरेको छ । ती सामान भारत, चीन, टर्की, जर्मनी र अमेरीका लगायतका देशवाट आयात हुने गरेको छ ।
नेपालमा प्रयोग हुने विद्युत्तिय सामानहरुमध्ये ९० प्रतिशत विदेशवाट आयात हुने गरेको नेपाल इलेक्ट्रिकल ब्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए । नेपाली बजारमा वार्षिक करिव १ खर्ब बराबरको इलेक्ट्रिकल सामानको कारोवार हुने गरेको खरेलले जानकारी दिए । त्यसमा पनि विभिन्न बत्तीहरु, स्वीच, ट्रान्सफर्मर, भन्साका सामान, विद्युत्तिय गाडी, मेसिनहरु लागायत सामानहरुको आयत बढी हुने गरेको छ ।
नेपाल केवुल, वाइरिङ सामान, लिड बल्व, विद्युत्तिय तार,स्वीचमा अहिले विस्तारै आत्मानिर्भर हुदैं गएको बताए । नेपालमा अहिले ९० प्रतिशत उपभोक्ताले सिएफएल बत्ती प्रयोग गर्ने गरेको र यसवाट उर्जा संकट न्यूनिकरण गर्न सहयोग पुगेको बताए । विद्युत्तिय सामानमा १५ प्रतिशत भ्याट लगाउदै आएको सरकारले गुणस्तरीय एनएस चिन्न प्राप्त र अन्य सामानको करको दरलाई ब्यवस्थित गर्नुपर्ने खरेलको सुझाव छ ।