Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अन्तर्राष्ट्रिय महिला दिवसमा एनआरएनए महिला फोरमको प्रभातफेरि

अन्तर्राष्ट्रिय महिला दिवसमा एनआरएनए महिला फोरमको प्रभातफेरि

काठमाडौं, २४ फागुन । आज १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकार महिला, बालबलिका तथा समाज कल्याण मन्त्राललयले आयोजना गरेको प्रभात फेरी कार्यक्रममा गैरआवसीय नेपाली संघ महिला फोरमको सहभागीता जनाएको छ। भृकुटीमण्डपबाट शुरु भएको र्‍याली भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै रत्नपार्क स्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।

आर्थिक सशक्तिकरण सहितको जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने राष्ट्रिय नाराका साथ आयोजना गरिएको र्‍यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौू, ‘मानव बेचबिखन रहित समाज निर्माण गरौ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए । कार्यक्रममा उपस्थित महिला फोरमका सबैले महिलालाई समान पहँच प्रदान गर्दै संविधान प्रद्धत्त हक अधिकार सुनिश्चित गर्नुपर्ने, महिला सशक्तिकरण, उद्यमशीलता, महिला साक्षरता लगायतमा जोड दिनुपर्ने आवश्यकता औल्याएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x