Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कृषि विकास बैंकद्वारा ‘किसान क्रेडिट कार्ड तथा एप’ को शुभारम्भ

कृषि विकास बैंकद्वारा ‘किसान क्रेडिट कार्ड तथा एप’ को शुभारम्भ

काठमाडौं, ७ माघ । कृषि विकास बैंकले ‘किसान क्रेडिट कार्ड तथा एप’ को शुभारम्भ गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा घोषित व्यवस्था अनुसार बैंकको ५४ औं वार्षिकोत्सवको अवसर पारेर आज अर्थमन्त्री विष्णु पौडेलले ‘किसान क्रेडिट कार्ड तथा एप’ को शुभारम्भ गरेका हुन् ।

किसान र कृषि उपजको कारोबारलाई बैंकिङ प्रणालीमा जोड्ने उद्देश्यले कार्ड तथा एप जारी गरिएको हो । कार्डमार्फत किसानले विद्युतीय माध्यम (क्यूआर कोड) मार्फत सबै प्रकारका भुक्तानी सुविधा पाउनेछन् ।

यस्तै किसान एपमार्फत कृषिसँग सम्बद्ध मौसम, मल, बीउ, कृषि औजार, बजारलगायतबारे सूचना तथा जानकारी उपलब्ध गराउने बैंकको तयारी छ । देशभरका बैंकको शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x