Shangrila

ग्लोबल आईएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा

काठमाडौं, १३ माघ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन (ग्याङसिङ पोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोजबहादुर वि.क.ले गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि विष्णु बहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटीसी, एनसेल, सीडीएमए, डिस होम, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिनेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *