Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

नेप्से परिसूचक १७ अंकले घट्यो, सबैभन्दा बढी मूल्यको शेयर कारोबार नेपाल लाइफको

नेप्से परिसूचक १७ अंकले घट्यो, सबैभन्दा बढी मूल्यको शेयर कारोबार नेपाल लाइफको

काठमाडौं, १३ माघ । मंगलबार (आज) नेप्से परिसूचक १७.७९ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक घटेर २४२३.०९ विन्दुमा रोकिएको हो । घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक बजार हिस्सा ओगटेको छ । आज यो कम्पनीको १ अर्ब ४५ करोड ७ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको प्रतिशेयर मूल्य २ हजार ८७२ रुपैयाँ कायम भएको छ ।

२०७ कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता शेयर ८ अर्ब २७ करोड ९७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स र यूनाइटेड फाइनान्स लिमिटेडको शेयर मूल्य ९ पतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये होटल समूह र वित्त समूहको परिसूच वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । आज होटल समूहको परिसूचक २.६८ प्रतिशत र फाइनान्स समूहको परिसूचक १.१२ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x