Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं, १३ माघ । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको सुरुवात गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै उक्त योजना सार्वजनिक गरेको हो । बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाननबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको बताएको छ ।

बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आईसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त आईसर्भ भित्र सेवाग्राहीहरूले आफ्नो खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ । त्यसपश्चात ग्राहकले इनस्टेन्ट कार्ड वा नेम इन्बोसड कार्ड तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ । यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफ्रेन्स कोर्ड सहित जानकारी गराइनेछ ।

हाल बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटीएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *