Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एशियन लाइफको दैलेख उपशाखा शाखा कार्यालयमा स्तरोन्नति

एशियन लाइफको दैलेख उपशाखा शाखा कार्यालयमा स्तरोन्नति

काठमाडौं, १३ माघ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको दैलेखमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नति गरी ४०औं शाखाको रूपमा सञ्चालनमा ल्याएको छ । मंगलवार कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नति र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु विस्तार गर्दै लगिने कम्पनीले बताएको छ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको चुक्ता पुँजी रू. २ अर्ब १ करोड रहेको छ । यस्तै २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष रू. २३ अर्ब ६ करोड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x