Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

तीन वर्षमा मुलुकको निर्यात दोब्बर बनाउने योजना

तीन वर्षमा मुलुकको निर्यात दोब्बर बनाउने योजना

काठमाडौं, १८ माघ । मुलुकको वैदेशिक व्यापार घाटा सन्तुलित राख्न निर्यात व्यवसायी महासंघ नेपालले आगामी ३ वर्षमा मुलुकुको निर्यात दोब्बर बनाउनेगरी काम भइरहेको बताएको छ । शनिवार सम्पन्न महासंघको प्रथम वार्षिक साधारणसभामा आउँदो ३ वर्षमा नेपालको निर्यात १ खर्बबाट २ खर्ब रुपैयाँ पु¥याउने रणनीतिक योजना बनाएको जानकारी दिइएको हो ।

यस्तै आगामी ५ वर्षमा मुलुकको निर्यात ७ खर्ब पु¥याउने लक्ष्य राखिएको गरी महासंघले बताएको छ । निर्यात देशको अर्थतन्त्रका महŒवपूर्ण खम्बा भएको भन्दै महासंघका अध्यक्ष रामबहादुर गुरुङले मुलुकको आर्थिक समृद्धिका लागि तीनवर्षे रणनीतिक योजना तय गरिएको बताए ।

महासंघले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्यातमैत्री वातावरण बनाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै संस्थाले राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि नीति निर्माणमा विशेष ध्यान दिन सरकारसँग अनुरोध समेत गरेको छ ।
आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालनबाट नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकिने बताउँदै अध्यक्ष गुरुङले सम्बद्ध सरकारी निकायलाई त्यस दिशामा क्रियाशील रहन आग्रह गरे ।

निर्यात व्यवसायमा संलग्न १९ साझा संस्थाको सामूहिक मञ्च महासङ्ले निर्यात प्रवद्र्धनका निम्ति एकद्वार प्रणाली, वित्तीय सहयोग, रुग्ण उद्योगको संरक्षणलगायत विषयमा सघाउन सरकारसँग माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x