Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बेथानचोक जेसिज वर्ष २०२१ का अध्यक्ष दाहालले जिम्मेवारी सम्हाले

बेथानचोक जेसिज वर्ष २०२१ का अध्यक्ष दाहालले जिम्मेवारी सम्हाले

काठमाडौं, १८ माघ । काभ्रेको बेथानचोक जेसिजका बर्ष २०२१ का नयाँ पदाधिकारीहरुको पदस्थापन भएको छ। शनिबार बेथानचोक गाउँपालिका भवनमा एक विशेष कार्यक्रमको आयोजना गरि अध्यक्ष हरिकृष्ण दाहाल सहित अन्य पदाधिकारीहरुको पदस्थापन तथा ब्यक्तित्व सम्मान गरिएको हो ।

गत पुस २७ गते सम्पन्न बेथानचोक जेसिजको दोश्रो अधिबेशन तथा तेस्रो साधारण सभाबाट बर्ष २०२१ का लागि दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सामाजिक सेवामा उत्साही दाहाल सन् २०१८ को संस्थापक सदस्य , सन् २०१९ को तालिम संयोजक र सन् २०२० को बेथानचोक जेसिजको उपाध्यक्ष थिए ।

बैंकर्स दाहाल हाल सेन्चुरी कमर्सियल बैंकका रिलेसनशिप म्यानेजर पदमा कार्यरत छ्न ।

कार्यक्रममा अध्यक्ष दाहालले जेसिजका राष्ट्रिय कार्यक्रमहरुलाई शाखामा ल्याउन पहल गर्ने बताए । अग्रजहरुको अनुभवलाई जेसिजसंग जाेडेर समुदायको परिवर्तनका लागि काम गर्ने भन्दै उनले यो बर्ष युवाहरूको व्यक्तित्व र नेतृत्व बिकासका लागि विभिन्न तालिम संचालन गर्ने बताए । त्यस्तै स्थानीय सरकारसंगको सहकार्यमा विभिन्न कामहरु गर्ने बाचा गरे ।

सोही अवसरमा चिफ अफ एजुकेसन युनेस्को काठमाडौंका डा. बलराम तिमल्सिना, तरुण साप्ताहिकका प्रधान सम्पादक परसु घिमिरे, नेपाल सरकारका सह-सचिब नवराज घिमिरे र चर्चित संगीतकार राजेश थापालाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले शासन ब्यक्तिको होइन बिधिको हुनुपर्छ भन्ने मर्मलाइ सबै राजनीतिक नेताहरुले जेसिजबाट सिक्नु पर्ने बताए । उनले स्थानीय तहसंग सहकार्य गरेर काम गर्न पनि जेसिज पदाधिकारीहरुलाई आग्रह गरे ।

यस्तै बेथान चोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, एभिन्युज खबरका खबर प्रमुख केदार कोईराला, बेथानचोक जेसिजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायण प्रसाद तिमल्सिना र बर्ष २०२० का अध्यक्ष राजेश तिमल्सिना, सम्मानित हुनेहरुबाट शिक्षासेवि डा. बलराम तिमल्सिना र सेन्चुरी कमर्सियल बैंकका सिनियर रिलेसनशिप म्यानेजर शेखर राज बस्ताकोटी लगायतले शुभकामना दिएका थिए ।

पदस्थापना तथा निर्वाचित अध्यक्षलाई सपथ ग्रहण निर्वाचन अधिकृत मातृ शाखा भकुण्डेबेंशिका बर्ष २०२० का शाखा अध्यक्ष जेसि श्रीकृष्ण अधिकारीले गरेका थिए । बेथानचोक जेसिजको मातृशाखा भकुण्डेबेंशी जेसिजको बर्ष २०१८ शाखा अध्यक्ष ,बर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष तथा बर्ष २०२० का नेपाल जेसिज क्षमता अभिबृद्धी समिती राष्ट्रिय संयोजक जेसिआई सिनेटर रुकमणी सिग्देलको विशेष योगदानबाट स्थापना भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x