Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि एसजेभीएन छनौट

तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि एसजेभीएन छनौट

काठमाडौं, १७ माघ । तल्लो अरुण जलविद्युत् परियोजनालाई सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ‘बुइल्ड, अन, अपरेट एण्ड ट्रान्सफर’ मोडेलमा विकास गर्नका लागि भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई छनौट गर्ने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न लगानी बोर्डको ४६औं बैठकले उक्त कम्पनीलाई छनोट गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीहरुको मूल्याङ्कन गरी सो निर्णय भएको लगानी बोर्डले जनाएको छ । कूल ६७९ मेगावाट क्षमता रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित छ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले उक्त परियोजना लगानीकर्ताहरु समक्ष प्रस्तुत गरेको थियो ।

त्यसैगरी, उक्त बैठकले लगानी बोर्डमा विशेषज्ञ सदस्यको रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x