Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आइतबार नेप्से परिसूचक ५४ अंकले घट्यो, ८ अर्बमाथिको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ५४ अंकले घट्यो, ८ अर्बमाथिको शेयर कारोबार

काठमाडौं, १८ माघ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल परिसूचक ओरालो लागेको छ । गत कारोबार दिन पनि दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५४.७५ अंक घटेर २३७०.५४ विन्दुमा रोकिएको हो । २०४ कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८ कित्ता शेयर ८ अर्ब २६ करोड ५९ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९३ प्रतिशतले वृद्धि भएको छ । आज प्रभु लाइफको प्रतिशेयर मूल्य ७६४ रुपैयाँ कायम भएको छ । सर्वाधिक शेयर मूल्य घट्नेमा रिलायन्स फाइनान्स लिमिटेड छ । यो फाइनान्सको प्रतिशेयर मल्य ८.३० प्रतिशतले घटेको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको ३९ करोड ८९ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य २ हजार २७३ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x