मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

काठमाडौं, १८ माघ । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट –पे’संग साझेदारी गरेको छ ।

यो सम्झौतासँगै वीच्याट –पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्ने छन् । चीनमा निकै लोकप्रिय रहेको वीच्याट –पे मार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक तथा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा–खरिदको लागि वीच्याट –पे मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *