Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अल्का अस्पतालमा अबदेखि इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने

अल्का अस्पतालमा अबदेखि इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं, १८ माघ । अल्का अस्पताल पनि इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ । यो सँगै अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।

ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा अल्का अस्पतालका तर्फबाट सिओओ सिए दिपेन्द्र पोखरेल र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने बताइएको छ। अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउने विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x