महलिा लघुवित्तको आइपीओ माघ २८ देखि निष्काशन
काठमाडौं, १९ माघ । महिला लघुवित्त वित्तिय संस्थाले यही माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने छ । छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।
४ लाख कित्ता शेयर मध्ये ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ ।