Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

गरिमा विकास बैंकद्वारा ‘मेरो शेयर बचत खाता’ सार्वजानिक

गरिमा विकास बैंकद्वारा ‘मेरो शेयर बचत खाता’ सार्वजानिक

काठमाडौं, १९ माघ । गरिमा विकास बैंकले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सक्ने छन् ।

पहिला नै डिम्याट खाताहुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने बैंकले जनाएको छ।

कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली शेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउन यो खाताको मुख्य उद्घेश्य रहेको बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १ सय ६ शाखा कार्यालयहरु र ५१ एटिएम मार्फत वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *