भारतको आर्थिक वर्ष २०२१÷२२ को बजेट सार्वजनिक, आत्मनिर्भर अभियानमा जोड
काठमाडौं, १९ माघ । भारतले आर्थिक वर्ष २०२१÷२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले आज पहिलो पटक ट्याबलेटबाट बजेट पेस गरिएकी हुन ।
बजेट आगामी अप्रिलदेखि सुरु हुने छ । भारतले आत्मनिर्भर अभियानलाई बजेटमा विशेष जोड दिएको छ । त्यसका लागि सरकारले त्यसको स्वरुपमा सुधारको कार्यलाई अघि बढाएको छ । आत्मनिर्भर स्वास्थ भारतक योजनाको लागि ६ वर्षमा ६ खर्ब ४१ अर्ब ८० करोड भारु छुट्याएको छ । त्यस्तै एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने भारतको योजना छ । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि तीन खर्ब ५० अर्ब भारु छुट्याएको छ ।
डिजिटल भुक्तानीलाई बढावा दिन आर्थिक प्रोत्साहन नीति लिएको छ। डिजिटल भुक्तानीलाई बढावा दिन १५ सय करोड भारुको आर्थिक प्रोत्साहनको व्यवस्था गरेको छ। भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पु¥याउने बताएको छ । साथै सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय गरेको छ ।
वायुप्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड छुट्याइएको छ । बजेटमा करमा भने कुनै परिवर्तन गरिएको छैन । त्यस्तै सन् २०२२ सम्म किसानहरुको आम्दानी दोब्बर बनाउने भारतको योजना छ ।