Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सोमबार नेप्सेमा ३७.७० अंकको बृद्धि

सोमबार नेप्सेमा ३७.७० अंकको बृद्धि

काठमाडौं, १९ माघ । यो साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार परिसूचक नेप्से ३७.७० अंकले बढेर २४०८.२४ विन्दुमा पुगेको छ । नेप्से बढेको दिन आज २ सय ३ कम्पनीको ६ अर्ब ९७ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

हिजो नेप्से ५४ अंकले घटेको थियो ।

कारोबारमा आएका १२ समूह मध्ये माइक्रोफाइनान्स र म्यूचुअल फन्ड समूहमा गिरावट आएपनि अन्य सबै बढेको छ । माइक्रोफाइनान्स समूहमा २७.८१ अंकले घटेको छ ।

आज सेञ्चुरी कमर्सियल बैंक र प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । यी दुई वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुमाउने कम्पनीहरुको अग्रस्थानमा भने कालिका माइक्रोक्रेडिट विकास बैंक रहेको छ । यस बैंकको शेयर मूल्य ७.२४ अंकले घटेको छ ।

यस्तै सबैभन्दा धेरै शेयर कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ। आज कम्पनीको ५८ करोड ३३ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता १ हजार ६ सय १७ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x