Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

हरिओम इम्पोरियमका संचालक लामिछानेले साझा स्वास्थ्य सेवालाई वहाल वापतको डेढ करोड बढी रकम तिरेनन्

हरिओम इम्पोरियमका संचालक लामिछानेले साझा स्वास्थ्य सेवालाई वहाल वापतको  डेढ करोड बढी रकम  तिरेनन्

काठमाडौं, १९ माघ । साझा स्वास्थ्य सेवाको भोटाहिटी स्थित घर वहालमा लिए सम्झौता अनुसार रकम भुक्तानी नगरेपछि साझाले हरिओम इम्पोरिमका संचालक राजु प्रसाद लामिछानेलाई कारबाहीको चेतावनी दिएको छ ।

संचालक लामिछानेलाई पटक–पटक वहाल रकम भुक्तानीका लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआएको साझाले जनाएको छ । हिजो अन्तिम पटक भुक्तानीका लागि पत्राचार गरेको र अव पनि अटेर गरे कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने साझाका निमित्त महाप्रबन्धक भरत ढकालले जानकारी दिए । ‘यसअघि पनि धेरै पटक उनलाई सम्झौता अनुसार वहाल रकम भुक्तानी गर्न पत्राचार गरेका छौं, तर उनी फरार छन्, रकम भुक्तानीका लागि कुनै चासो देखाएका छैनन्, अन्तिम पटक हिजो पत्र काटिएको छ, अव पनि भुक्तानी नगरे कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउछौं ।’ उनले भने ।

गत वर्षको फागुन मसान्तदेखि गतसाउन मसान्तसम्म लामिछानेले साझालाई वहाल वापत १ करोड ६० लाख ३३ हजार रुपैयाँ भन्दा रकम भुक्तानी गर्नुपर्ने छ ।

उसो त साझाले यसअघि काठमाडौं महानगरपालिका वडा २७ कार्यालयलाई पनि रकम उठाउन आवश्यक समन्वयका लागि पत्राचार गरेको थियो । संस्थाको स्वामित्वमा रहेको पसल बोलपत्र आह्वान मार्फत ३ वर्षका लागि वहालमा दिएको थियो । प्रत्येक महिनाको १ गते वहाल रकम भुक्तानी गर्ने सम्झौता छ ।

हरिओम इम्पोरिमले १, २ र ६ नम्बरको पसल कवल भाडामा लिएको थियो । उनले सम्झौता विपरित गएर तेस्रो पक्षलाई भाडामा दिएको पाइएको छ। सम्झौता अनुसार सेवाबाट पसल वहालमा लिएर तेस्रो व्यक्तिलाई दिन नपाइने व्यवस्था छ । तर लामिछानेले तेस्रो पक्षलाई वहालमा दिएको र उनीहरुसँग अग्रिम रकम लिएपनि सेवालाई नबुझाएको पाइएको छ। उनले अरुले पनि यसरी नै भाडामा लगाउने गरेकाले आफूले पनि लगाएको बताए ।

तेस्रो पक्षले लाखौको भौतिक संरचनाहरु समेत निर्माण गरेपनि अहिले साझाले पसल बन्द गरिदिएपछि उनीहरुको लगानी जोखिममा परेको छ।८ वटा सटर मध्ये अहिले ५ वटा बन्द छ । लामिछानेले भाडा महंगो भएको भएको र अव वहालमा नबस्ने भनेर गत असोजमै चावी बुझाएपछि साझाले पसल बन्द गरिदिएको जनाएको छ। साझाका निमित्त महाप्रवन्धक ढकालले रकम नबुझाए लामिछानेलाई कारबाही गरेर संचालक समितिको बैठकबाट भाडामा लगाउने नयाँ प्रक्रिया थालनी गर्ने जानकारी दिए ।

तर लामिछानेले भने वहाल रकम महंगो भएकाले आफु वहालमा नबस्ने जनाउ दिईसकेको र चुक्ता गर्नुपर्ने रकमबारे साझासँग हिसाब माग गरेको भन्दै क्रमिक रुपमा बुझाउने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x