Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम : ६९५ स्थानीय तहमा ६ अर्ब बजेट प्रवाह

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम : ६९५ स्थानीय तहमा ६ अर्ब बजेट प्रवाह

काठमाडौं, २० माघ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सरकारले ६ अर्बभन्दा बढी बजेट प्रवाह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्ष २०७७÷७८)का लागि ६९५ स्थानीय तहमा ६ अर्ब ७ करोड रुपैयाँ पठाइएको हो ।

सम्बन्धित जिल्ला समन्वय समिति (जिसस)ले स्थानीय तहका योजनाहरू छनोट गरेर मन्त्रालयमा पठाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को नियम १० को उपनियम (३) बमोजिम जिससको कार्यालयबाट मन्त्रालयमा प्राप्त विवरणका आधारमा कार्यक्रमको रकम स्वीकृत गरिएको छ ।

सशर्त योजना अन्तर्गत कार्यान्वयन भइरहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि १० लाखदेखिका ३० लाख रुपैयाँसम्मका योजना छनोट भएका छन् ।

मन्त्रालयका अनुसार सांसद लगायतको सहभागितामा चयन गरिएका योजनालाई मन्त्रालयले बजेटरी प्रणाली अन्तर्गत स्थानीय तहमा बजेट प्रवाह गरिएको हो । चालू आर्थिक वर्षका लागि गत मंसिरमै योजना छनोट भइरहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x