Shangrila

ईकमर्श अनलाइन शपिङ मुकुन्डो डट कम सञ्चालनमा

काठमाडौं, २० माघ । अमेरिका र नेपालमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपाली युवाहरुले सुरू गरेको कम्पनी एमबीएसवाइएस ग्रुपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालिले सोमवारदेखि मुकुन्डो डट कम mukundo.com सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा मुकुन्डो डट कम थपिएको कम्पनीका बिजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदु नन्दन भट्टराईले बताए । उक्त साइटमा आधिकारिक र स्तरीय क्वालिटीका सामानहरु मात्र पाइने कम्पनीले बताएको छ । आफुले किनेको सामानहरु हाललाई काठमाडौं उपत्यकाका ग्राहकहरुले कुनै पनि डेलिभरी चार्ज तिर्नु नपर्ने र यो सेवा निकट भविस्यमा पुरै नेपाल भरी विस्तार गरिने भट्टराइले बताए ।
मुकुन्डो डट कमबाट सामान खरिद गर्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनिमास्टर र भिसा कार्ड प्रयोग गर्न सकिनेछ । साथै इ सेवा, आइएमइ पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आइपिएसबाट पनि सामानहरु खरिद गर्न सकिन्छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *