Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भूमिहीन सुकुमबासीलाई जग्गाधनी पूर्जा वितरण कार्य तीव्र बनाउन निर्देशन

भूमिहीन सुकुमबासीलाई जग्गाधनी पूर्जा वितरण कार्य तीव्र बनाउन निर्देशन

काठमाडौं, २० माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित तथा सुकुमबासीलाई जग्गाधनी पूर्जा वितरण कार्य तीव्र बनाउन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमवार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहीनको लागत संकलन सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौं,’ उनले भने, ‘काम र परिणाम पनि त्यही अनुसार आउने गरी काम गर्नुहोस् ।’ आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिए । आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गरेका थिए ।

आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुमबासी र व्यवस्थित बसोवासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ । यस्तै १४ ओटा स्थानीय तहमा लगत संकलन कार्य जारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x