Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बीमा समितिको अध्यक्षमा सिलवाल

बीमा समितिको अध्यक्षमा सिलवाल

काठमाडौं, २० माघ । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा समितिका अध्यक्षका लागि अर्थमन्त्री विष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । तीमध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

उनी नेपाल सरकारका पुर्वसचिव हुन् । उनले उद्योग मन्त्रालय, गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव छ । बीमा समितिको अध्यक्ष पद गत पुस २३ गतेदेखि रिक्त थियो ।
यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । त्यसपछि अर्थमन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर सिलवाललाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x